भीमसिंह तिङ्करीलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’


काठमाडौं । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिङकरी ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गरिने भएको छ। मन्त्रिपरिषद्कोे भदौ २१ को निर्णयअनुसार आज निजामती दिवसको अवसरमा डा. तिङ्करीलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

सर्वोच्च अदालतका सहरजिस्ट्रार विमल पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव डा. किरण रुपाखेती, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव राजेन्द्रकुमार केसी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान गरिने भएको छ। १० जनालाई प्रदान गरिने उक्त पुरस्कार महामारीको बेला फ्रन्टलाइनमा खरिएर काम गर्नेलाई भन्दा सिंहदरबारभित्र बसेर सुविधा खानेलाई प्राथमिकतामा राखेर दिएको देखिन्छ । ज्यान जोखिममा राखेर कोरोना संक्रमितको उपचारमा र खोपमा खटिएका स्वास्थ्यकर्मीलाई उत्कृष्ट काम गरेको भनेर सरकारले प्रोत्साहन गर्न सकेको देखिँदैन । बरु पहुँचवाला र ठालू कर्मचारीले त्यो पुरस्कार हत्याएका छन् ।
त्यसैगरी महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता हरिशङ्कर ज्ञवाली, महालेखा परीक्षकको कार्यालयका निर्देशक नेत्रप्रसाद पौडेल, कृषि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सुमना अर्याल वाग्ले, बेनी नगरपालिका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र महिला तथा बालबालिका विभागका नायब सुब्बा कमला ढकाल काफ्लेलाई ‘उत्कृष्ट निजामती सेवा पुरस्कार’ प्रदान दिने भएको छ। सरकारले स्वास्थ्यमा खोजेको भए सर्वोकृष्ट पनि भेट्न सक्थ्यो तर उत्कृष्ट मै अन्य ठाउँकालाई प्राथमिकतामा राखेको छ ।
त्यसैगरी यस वर्षको ‘निजामती सेवा पुरस्कार’ लक्ष्मीकुमारी बस्नेत, ज्ञानराज सुवेदी, कोशलचन्द्र सुवेदी, विष्णुप्रसाद शर्मा, दिलीपकुमार गौतम, भोलाप्रसाद चापागाईं, शान्ता नेपाल मरासिनी, डा. भोजराज शर्मा (काफ्ले), गुरुप्रसाद वाग्ले, विपुलकुमार लाल दास, सूर्यप्रसाद सापकोटालाई प्रदान गर्ने निर्णय गरिएको छ ।
केदारप्रसाद नेपाल, विज्ञान बन्जारा, प्रमिला वाग्ले, कुलशेखर अर्याल, शिला ज्ञवाली, सुजितकुमार सिंह, महेशविक्रम लागेजू, भक्तिप्रसाद भट्टराई, भेषराज पन्थ, विन्ध्या कार्की, जलेश्वर राम, जिज्ञासा राई याङ्खुरुङ, भरतप्रसाद तिमल्सिना, उत्तम खनाल, खडानन्द पौडेल, केआई सिं गलान, रामनरेश साह, अमरसिंह लामा र पूर्णप्रसाद अगस्तीलाई सो पुरस्कार प्रदान गरिने निर्णय गरिएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com