डब्लुएचओले स्वास्थ्य मन्त्रालयमा फोहोर फ्यालेर कुरूप बनायो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) जथाभावी फोहोर फ्याकेर मन्त्रालयलाई कुरूप बनाएको छ ।

सुशील बराल, सुरेश तिवारीसमेत संलग्न एनएचएसएसपीलगायतको आइएनजीओको ठाडो हस्तक्षेप र मनपरी चल्दै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सहयोगी संस्था डब्लुएचओले पनि त्यहिं व्यवहार देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मन्त्रालय सरसफाइमा विशेष ध्यान दिइरहेको अवस्थामा स्वास्थ्य र सरसफाइका क्षेत्रमा वकालत र खर्च गर्ने डब्लुएचओलो स्वास्थ्य मन्त्रालयम फोहोर बनाएको हो ।

डब्लुएचओले मन्त्रालयमा थुपारेको फोहोर

सोमबारदेखि विश्व स्वास्थ्य संगठनको दक्षिण—पूर्वी एशियाको चौहत्तरौं सत्र तथा क्षेत्रीय कार्यकारी समितिको वार्षिक बैठक चलिरहेको बेला डब्लुएचओले मन्त्रालय फोहोर गरेको हो । मन्त्रालयको झाडी, भित्ताभरिको झारलगायतको सरसफाइ गरेर राज्यमन्त्री श्रेष्ठले चिटिक्क बनाउने अभियान सुरू गरेकोमा डब्लुएचओले त्यसलाई चुनौती दिनेगरी फोहोर थुपारेको हो । त्यसो त डब्लुएचओले सम्मेलनमा सहभागी सरकारी अधिकारी र अन्य सहभागीलाई र्याडिसन होटलबाट महँगमा ल्याएर चिसो खाना खुवाएको आरोप लागेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com