एनएचआरसीमा पदाधिकारी नियुक्ति गर्दा सिन्डिकेट भयो


काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) मा पदाधिकारी नियुक्ति गर्दा सिन्डिकेट गरेको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल जनस्वास्थ्य संघले बिरोध जनाएको छ । संघले परिषदमा एक विज्ञप्ती बुझाउँदै ऐन परिवर्तन गर्न माग गरेको छ ।
अखिल नेपाल जनस्वास्थ्य संघका इन्चार्ज दिपेन्द्र खड्काले स्वास्थ्य विज्ञानका अन्य विधाहरु जनस्वास्थ्य, नर्सिङ, फार्मेसी तथा प्रयोगशाला विज्ञानबाट समेत पदाधिकारी नियुक्त गर्ने व्यवस्था मिलाउन पहल गर्न परिषद्लाई आग्रह गरेका छन् । संघले परिषद्को पदाधिकारीमा चिकित्सकहरुको मात्रै हाबी रहेको आरोप छ ।
संघले कोरोना महामारीको समयमा परिषद्ले राज्य र जनताको हितमा अध्ययन अनुसन्धान गर्न नसकेको, काउन्सिलको नियमनकारी भूमिका फितलो रहेको तथा अन्य गतिविधिहरुसमेत सन्तोषजनक नभएको आरोप लगाएको छ । आफ्ना मागहरु यथासिघ्र पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी संघले दिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com