प्रदीप ज्ञवालीलाई विपद न्यूनिकरणसम्बन्धी राष्ट्रिय पुरस्कार


काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्यसचिव डा. प्रदीप ज्ञवाली विपद न्यूनिकरणसम्बन्धी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा डा. ज्ञवालीलाई सो पुरस्कारबाट सम्मान गरिएको हो ।

अनुसन्धानको क्षेत्रबाट विपद न्यूनिकरण उल्लेख्य भूमिका खेलेको भन्दै डा. ज्ञवालीलाई  २५ हजार राशीको सो पुरस्कार दिईएको हो ।

यसैगरी विज्ञान पत्रकारिता पुरस्कारबाट पत्रकार मणि दाहाल, एरोनोटिकल इन्जिनियरिङ पुरस्कारबाट दीपकप्रसाद बास्तोला, उदयीमान पू्रविधि पुरस्कारबाट डा आभाष मास्के, अन्तरिक्ष प्रविधि पुरस्कारबाट उदयराज खनाल, जैविक प्रविधि पुरस्कारबाट प्राडा प्रकाश घिमिरे पुरस्कृत भएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ