लोकसेवाले पाटन प्रतिष्ठानमा लिएको परीक्षामा अच्चमको नतिजा 


काठमाडौं । लोकसेवाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिएको परीक्षामा अच्चमको नतिजा आएको छ ।

पाटनमा स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा आयोगको लोकसेवा आयोगबाट लिएको परीक्षामा सबैलाई चित खुवाउने नतिजा आएको छ । लोकसेवा आयोगले पाटनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासन अधिकृत एक पदका लागि लिएको परीक्षामा एक जना मात्रै परीक्षामा सम्मिलित भएर उत्तीर्ण भएको पाइएको छ । लोकसेवाले शुक्रबार नतिजा प्रकाशित गर्दै अचर्ना जुवा श्रेष्ठ उत्तीर्ण भएको जनाएको छ ।

लोकसेवाले नतिजा प्रकाशित गरेको सूचनामा माग संख्या १, लिखित परीक्षामा सम्मिलित १, छनौट भएको संख्या पनि १ नै रहेको उल्लेख छ । आन्तरिक प्रतियोगितामार्फत १ पदका लागि लिइएको परीक्षामा एक जना सहभागी भएर उत्तीर्ण भएको लोकसेवाको सूचनाबाट खुल्न आएको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com