बीपीका उपकुलपति गिरीले पदीय मर्यादा भुलेपछि…


काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी मदिरा र महिलासँग मस्ती गरिरहेको फोटो सार्वजनिक भएको छ ।  पदीप मर्यादाको ख्यालै नगरी गिरीले सार्वजनिक स्थलमा नै अनैतिक र अभद्र व्यवहार गरेको पाइएको हो ।

स्वास्थ्य लाइभलाई प्राप्त भएको फोटोमा उपकुलपति गिरी एकजना महिलासँग मादक पदार्थ सेवन गरेर लठ्ठ परिरहेको देखिन्छ । फोटोमा गिरीसँग देखिएकी महिला को हुन् भनेर स्वास्थ्य लाइभले पटकपटक सम्पर्क गरेर बुझ्न खोज्दा उपकुलपति गिरी सम्पर्कमा आउन चाहेनन् ।

प्रतिष्ठानमै वार्ताको क्रममा उपकुलपतिको मदिरा काण्डमा बाहिर आएको थियो । उपकुलपति गिरी मापसे गरेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान शुद्धिकरण अभियानका प्रतिनिधिसँग वार्ता गर्न आएपछि वार्ता भाडिएको थियो । तर, वीपी शुद्धिकरण अभियान आन्दोलनकारीको मागअनुसार प्रहरीले मापसे चेक गर्न मानेन ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी गतिरोधको समस्या पहिचान र छानविनगरी प्रतिवेदन पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित कार्यादललेसमेत उपकुलपतिको आचरणमाथि प्रश्न उठाएको थियो । उपकुलपतिले असार १५ गते कार्यालय समयमा आन्दोलनरत पक्षसँग वार्ता गर्ने क्रममा मादक पदार्थ सेवन गरेको सम्बन्धमा तत्कालै जाँच नभएकाले किटानी गर्न नसकिए तापनि प्रत्यक्षदर्शीको भनाई र कार्यदललाईप्राप्त भिडिओ फुटेजका आधारमा उपकुलपतिको व्यवहार पदीय आचारण अनुकूल नदेखिएको हुँदा सार्वजनिक पदधारण गरेका व्यक्तिको आचरणसम्बन्धी व्यवस्थाअनुसार कारबाही गर्ने अर्यालको संयोजकत्वमा गठित कार्यदलको सिफारिस गरेको छ ।

हालै सार्वजनिक भएको उपकुुलपति गिरीको मदिरा मस्तीको फोटोहरु हेर्दा पनि सार्वजनिक पदधारण गरेका व्यक्तिको आचरणविपरीत देखिन्छ । यद्यपि फोटोमा देखिएकी महिला को हुन् भन्ने कुराको स्वतन्त्र पुष्टी हुन सकेको छैन ।

यता उपकुलपति गिरीले प्राध्यापक उपाधि पनि नक्कली रहेको तथ्य सार्वजनिक भएको छ । सरकारी कार्यदललेसमेत उपकुलपति गिरीले प्राध्यापक उपाधि पुष्टि हुने आधिकारिक कागजात उपलब्ध गराउन नसकेको तथ्य बाहिर ल्याएको छ ।

कार्यदलले उपकुलपति गिरीलाई प्राध्यापकको उपाधि पुष्टि हुने कागजात ७ दिन भित्र अनिवार्य रुपमा उपलब्ध गराउन भनेको छ । तर, अहिलेसम्म कारबाही हुन सकेको छैन ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com