डा. सन्तोष पौडेललाई ट्रमाको दरबन्दीमा खटाइयो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कान्ति बाल अस्पतालमा पठाइएका डा. सन्तोष पौडेललाई कान्तिको दरबन्दीमा खटाएको छ ।

राष्ट्रिय ट्रमा सेन्टरमा वरिष्ठ कन्सलटेण्ट अर्थोपेडिक सर्जन (अधिकृत दशौं) पदको दरबन्दीमा काम गर्न खटाइएको छ । स्वास्थ्य मन्त्रालयले डा. पौडेललाई ट्रमा सेन्टरको मेसुको जिम्मेवारीबाट कान्ति बाल अस्पतालमा सरुवा गरेर ट्रमा सेन्टरमा काम काज गर्न पत्र दिएको थियो । तर कान्ति बाल अस्पतालमा वरिष्ठ कन्सलटेण्ट अर्थोपेडिक सर्जन (अधिकृत दशौं) पदको दरबन्दी नभएकाले उनलाई ट्रमामै व्यवस्थापन गरिएको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।

दरबन्दी नभएको ठाउँमा पठाउनु भन्दा दरबन्दी भएकै ठाउँमा खटाउँदा उपयुक्त हुने भएकाले कान्तिमा भएको सरुवा बदर गरेर ट्रमामा ल्याइएको मन्त्रालयको दावी छ । सीप भएको मान्छेलाई काम र पद भएकै ठाउँमा पठाउँदा न्याय हुन्छ भनेर ट्रमामा पठाइएको स्वास्थ्य राज्यमन्त्री निकट स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

’पहिला चिकित्सक संघका महासचिव डा. बद्री रिजाललाई दरबन्दी नै नभएको कान्तिमा पठाइएको रहेछ । त्यो रिजाललाई पठाउदा दरबन्दीमै पठाइयो भन्ने आधारमा पौडेललाई पठाइएको थियो । तर दरबन्दी नभएको ठाउँमा भन्दा भएकै ठाउँमा पठाउदा उपयुक्त हुन्छ भन्ने सल्लाह भएर ट्रमामा पठाइएको हो ।’, मन्त्री निकट स्रोतले भन्यो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com