स्वास्थ्यको मनोमानी विभूषण सिफारिस: थोरै सच्चियो, पाउनै पर्ने छुटे


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मनोमानी रूपमा गरेको विभूषण सिफारिस सूची गृहमन्त्री बालकृष्ण खाँणको नेतृत्वमा रहेको विभूषण समितिले सच्चाएको छ ।

तत्कालीन स्वास्थ्य सचिव लक्ष्मण अर्यालले राजनीतिक आस्थाका आधारमा राष्ट्रपतिद्वारा संविधान दिवसको अवसरमा दिइने पदकका लागि मनपरी ढंगले सिफारिस गरेका थिए । गृहमन्त्रीको नेतृत्वमा रहेको विभूषण सिफारिस समितिले त्यसलाई सच्चाएको छ ।

स्वास्थ्यबाट महामारीमा खटिने स्वास्थ्यकर्मीको ठाउँमा अर्यालको स्वार्थमा एनएचएसएसपी डा. सुशिल बरालसहितका आइएनजिओकर्मीलाई पदकका लागि गरिएको सिफारिस सच्याइयो । महामारीमा स्वास्थ्य मन्त्रालयसँग रहेर कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि भूमिका खेलेका डा. लोचन कार्कीसहितका नेपाल चिकित्सक संघका पदाधिकारीलाई पदक दिने राम्रो निर्णय गरेको छ ।

सरकारले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकु, वीर, शिक्षण अस्पताल, प्रहरी अस्पताललगायतका पदाधिकारीलाई समेटेर स्वास्थ्यको मनपरी सिफारिस सच्याएको छ । तर, महामारीको समयमा देशभरका सरकारी तथा निजी अस्पतालले गर्भवती महिलालाई अलपत्रपार्दा साहरा दिने प्रसूति गृहका स्वास्थ्यकर्मी छुटेका छन् । स्वास्थ्य क्षेत्रमा महामारीमा खटिने स्वास्थ्यकर्मीलाई पदकको प्राथमिकता दिनुपर्ने कुरामा भने सरकार चुकेको छ ।

महामारीमा सचिव अर्यालसँग सेटिङ मिलाएर लिक्विड अक्सिजन ट्यांकको व्यापारमा एकाधिकार कायम गरेका शंकर अक्सिजन प्रालिका व्यापारी शंकर अग्रवाललाई पदक दिने स्वास्थ्यको सिफारिस सदर गरेर ठूलो भूल गरेको छ ।

अन्तर्राष्ट्रिय रूपमा प्रशंशा पाएका ज्यान दिएर खोप कार्यक्रम सफल पार्न खटिएका स्वास्थ्यकर्मीलाई पदक दिन सरकार चुकेको छ । तिनै स्वास्थ्यकर्मीको फोटोको विज्ञापन गरेर अन्तराष्टिय सामु जस लिएको सरकारले पदक दिनैपर्ने त्यस्ता राष्ट्र सेवकलाई पदक नदिएर अर्को गल्ती गरेको छ ।

तत्कालीन सचिव अर्यालले आफ्नो चाकडी गर्ने व्यक्तिहरुलाई छानी-छानी पदकका लागि सिफारिस गरेको सूची पुरै सच्चाएर नयाँ सिफारिस गर्नुपर्नेमा स्वास्थ्य मन्त्रालयको नयाँ नेतृत्वको त्यसमा ध्यान नपुगेको देखिन्छ । अहिलेको पदक महामारीमा अग्रपंतीमा खटिने स्वास्थ्यकर्मीप्रति केन्द्रीत हुनुपर्नेमा त्यस्तो हुन सकेको देखिँदैन । यसमा सरकार प्रस्ट रूपमा चुकेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com