कांग्रेसको भागमा राज्यमन्त्री नपरे स्वास्थ्य राज्यमन्त्री के हुन्छ ? 


काठमाडौं । सत्ता गठबन्धनबीच मन्त्रालय र मन्त्रीको भागवण्डा मिलाउने प्रयास जारी छ । राजनैतिक दलसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा पेश हुनासाथ मन्त्रिमण्डल विस्तार गर्ने गठबन्धन घटक दलहरूबीच मोटामोटी सहमति बनेको छ ।

प्रारम्भिक छलफलमा २५ सदस्यीय मन्त्रिमण्डलमा नेपाली कांग्रेसको भागमा प्रधानमन्त्रीसहित ७ मन्त्री, माओवादी केन्द्रले ६ मन्त्री र १ राज्यमन्त्री गरी ७ जना, नेकपा एकीकृत समाजवादीले ५ मन्त्री र १ राज्यमन्त्री गरी ६ जना, जनता समाजवादी पार्टी (जसपा) ले ४ मन्त्री र १ राज्यमन्त्री गरी ५ जना पाउने कुरा भएको छ ।

गठबन्धनको छलफलमा सहभागी एक नेताकाअनुसार कांग्रेसको भागमा राज्यमन्त्री पर्ने सम्भावना कम छ । त्यस्तो अवस्थामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अवस्था के हुन्छ त भन्ने स्वास्थ्य लाइभको प्रश्नमा कांग्रेसका ती शीर्ष नेताले श्रेष्ठ स्वास्थ्य मन्त्री वा अन्य कुनै मन्त्रालयको मन्त्रीको जिम्मेवारीमा जाने सम्भावना रहेको औल्याए । ‘प्रधानमन्त्री शेरबहादुर देउवाको खोप, खोप र खोप भन्ने प्राथमिकताको स्पिरिटअनुसार राज्यमन्त्री श्रेष्ठले रफ्तारमा काम गरिरहेकाले राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्री नै बनाउन बालुवाटार तयार रहेको देखिन्छ ।’, देउवा निकट ति नेताले स्वास्थ्य लाइभसँग भने ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com