दुई वर्ष अगाडि ६ जनाकाे ज्यान लाने डेगींको फ्याक्ट्री स्वास्थ्य मन्त्रालयमा


काठमाडौं । डेगीं महामारीको उत्पादन फ्याक्ट्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयभित्रै रहेको पाइएको छ । महँगा गाडी चढेर मन्त्रालयभित्रै फालिएका आधा दर्जन टायरमा डेगीं रोग फैल्याउने लामखुट्टेको लार्भा उत्पादन भइरहेका छन् ।

स्वास्थ्यमन्त्री , सचिव र स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी चिल्ला गाडी लिएर दिनैपिच्छे त्यहिँ बाटो हिड्छन् । सरकारले डेगींको सचेतनाका नाममा  वर्षौनी करोडौं खर्च गर्दै आएको छ । तर स्वास्थ्य मन्त्रालयको  गेटमा रहेको टायर फाल्न बजेट नभएपछि टायरभित्र डेगीं फैल्याउने लामखुट्टेको लार्भा तयार हुँदैछ ।

२०७६ / २०७७ मा डेगींले महामारीको रूप लिएको थियो । त्यो बेला १२ हजार ३ सय ८९ जना संक्रमित भएका थिए भने डेगींका कारण ६ जनाले ज्यान गुमाउनु परेको थियो । कोरोना महामारीसँगै स्वास्थ्य मन्त्रालयबाट डेगींको महामारी फैलने खतरा देखिन्छ ।

एडिस जातको लामखुट्टेको टोकाइबाट फैलिने डेगीं जुनसुकै उमेरका व्यक्तिलाई पनि लाग्छ । कमिसन नआउने भएकाले  चिल्ला गाडीका थोत्रा टायर बाहिर लगेर व्यवस्थापन नगर्दा यो लामखुट्टेको लार्भा स्वास्थ्य मन्त्रालयभित्रै हुर्किरहेको पाइएकाले पुनः डेगीं फैलने अवस्था आएको छ ।

स्वास्थ्यका अधिकारीले बेलैमा ध्यान नदिए स्वास्थ्य मन्त्रालय नै डेगीं उत्पादन गर्ने र फैल्याउने फ्याक्ट्री बन्न सक्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com