सुमेरु सिटी अस्पतालको ठगी धन्दा, एन्टिजेन गर्दै २५ सय लिँदै


काठमाडौं ।  ललितपुरको जावलाखेलमा रहेको सुमेरु सिटी अस्पतालले चर्को शुल्क लिएर कोरोना जाँच गराउन जाने नागरिकसँग ठगी गरिरहेको पाइएको छ । स्वास्थ्य लाइभलाई प्राप्त विवरण अनुसार सुमेरु सिटी अस्पतालले कोरोना जाँच गराउन पुगेका नागरिकसँग एन्टिजेन परिक्षणको मात्रै २५ सय रुपैयाँ लिएको पाइएको हो ।

अनिता घिमिरेको दायाँ र्मिगौलामा पथ्थरी भई उपचारका लागि सुमेरु सिटी अस्पताल जावलाखेल गएकी थिईन । अस्पतालले कोभिड  परिक्षणका लागि गराएको एन्टिजेन परीक्षणमा २५ सय रुपैयाँ लिएको हो । बिरामीले परीक्षण बाहिर गराउछु भन्दा पनि सुमेरु सिटीले जबर्जस्त आफ्नै अस्पतालमा परीक्षण गराउन बाध्य पारेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एन्टिजेन परिक्षणको एक हजार भन्दाबढी लिन नपाइने निर्णय यस अगाडि नै गरिसकेको छ । तर, पनि सरकारी निर्णय विपरीत सुमेरु सिटीले २५ सय लिएर नागरिक ठगिरहेको छ । सुमेरु सिटी अस्पतालको ठगी धन्दामा सरकार मुक दर्शक भएर बसेको पीडित बताउँछन् । ‘यो सुमेरू सिटी अस्पतालको ठगी धन्दा हो । मन्त्रालय आफैंले नियम अस्पतालले बनाएर नागरिक ठग्दा पनि चुप बस्नुले मिलेमतोमै सुमेरूले धन्दा चलाइरहेको आभाष हुन्छ ।’, पीडितले स्वास्थ्य लाइभसँग भने

सबैभन्दा भरपर्दो परिक्षण कोरोनाका लागि आरटी-पिसिआर विधि हो । उक्त परीक्षण पनि सरकारले २ हजार भन्दा बढी लिन नपाउने गरी शुल्क तोकेको छ । नागरिक ठग्ने अस्पतालमाथि कारबाही गर्न स्वास्थ्यकर्मीहरुले माग गरेका छन् ।

स्वास्थ्य सेवा विभागका मेडिकल टेक्नोलोजिष्ट धन प्रसाद पौडेलले अस्पतालमाथि कारबाही गर्न जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी दिएका छन् । तर जिल्ला प्रशासन कार्यालय ललितपुरले कारबाही नगरी अस्पताललाई ठगी धन्दा चलाउन दिइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com