बाह्रौं तहमा बढुवा गर्न १५ दिने सूचना निकाल्दै स्वास्थ्य मन्त्रालय


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाह्रौं तह (प्रमुख विशेषज्ञ) मा बढुवा गर्न सार्वजनिक सूचना जारी गर्ने भएको छ । शुक्रबार बसेको बैठकले तीन जनालाई बाह्रौं तहमा बढुवा गर्नका लागि सार्वजनिक सूचना जारी गर्न लागेको हो । स्वास्थ्य मन्त्रालय उच्च स्रोतकाअनुसार ५ वर्ष ११ तहमा रहेर काम गरेका स्वास्थ्यकर्मीले आवेदन दिन पाउने छन् । सूचना आइतबार निकाल्दैछ ।

११ औं तहको बरिष्ठताको आधारमा पहिलो नम्बरमा डा भीमसिंह टिकंरी छन् । उनि यस अगाडी पनि १२ औं तहको सिफारीसमा परेको कर्मचारी हुन् । दोस्रो नम्बरमा डा गुणराज लोहनी छन् ।

त्यस्तै तेस्रो नम्बरमा डा तारा पोखरेल, चौथो नम्बरमा डा तारानाथ पौडेल छन् । तर, तारानाथ पौडेलको अख्तियारमा मुद्धा भएकाले निलम्बनमा छन् । पाँचौ नम्बरमा सुनिलराज शर्मा छन् । छैटौं नम्बरमा डा कृष्णप्रसाद पौडेल, सातौं नम्बरमा डा वासुदेव उपाध्याय, आठौं नम्बरमा डा संगीता कौशल मिश्रा छीन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com