बागमती प्रदेशको स्वास्थ्य सचिवमा खड्कालाई पठाइँदै


काठमाडौं । बागमती प्रदेशको स्वास्थ्य सचिवमा बद्री खड्कालाई पठाउने तयारी भएको छ ।

स्वास्थ्य शिक्षा समूहका एघारौं तह (सहसचिव) खड्कालाई बागमती प्रदेशको सचिव बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख र प्रदेश स्वास्थ्य तालीम केन्द्रको जिम्मेवारीमा रहेका उनलाई प्रदेशको स्वास्थ्य सचिव बनाउने प्रस्ताव सामान्य प्रशासन मन्त्रालयबाट मन्त्रिपरिषदमा गएको हो । अब बस्ने मन्त्रीपरिषद्को बैठकले खड्कालाई बागमती प्रदेशको स्वास्थ्य सचिवमा सरूव गर्ने प्रधानमन्त्री कार्यालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवाकै सचिव राख्ने निर्णय गरेसँगै खड्का सचिव भएर जान लागेका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com