पूर्वप्रधानमन्त्री नेपाल ज्वरो आएर अस्पताल भर्ना


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष ज्वरो आएर अस्पताल भर्ना भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल ज्वरो र खोकीको समस्याका कारण त्रि.वि. शिक्षण अस्पताल भर्ना भएको उनका सहयोगी मोहन गौतमले जानकारी दिए ।

नेता नेपालको उपचार शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ सन्तकुमार दासको टोली संलग्न रहेको उनको भनाई छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गनुपर्ने चिकित्सकको सल्लाह रहेको गौतमले बताए ।


 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com