कलंकी नेशनल हस्पिटलले मान्छे मारेकै हो?    


काठमाडौं । धादिङको गजुरीमा असोज ५ गते मिनी ट्रकको ठक्करबाट घाइते भएका २० वर्षीय एहशान मियाको निधन भएको छ । कलंकीस्थित नेपाल नेसनल हस्पिटल उपचाररत मियाको सुनियोजित तरिकाले मृत्यु गराइएको आरोप लगाउँदै परिवारले कारबाहीको माग गरेको छ ।  मृतकका आफन्तले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिवारले दुर्घटनाको विषयमा उच्च छानबिन समिति गठन गर्नुपर्ने, परिवारलाई क्षतिपुर्ति दिलाउनुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको हो । यदि आज ७ बजेसम्म कुनै निर्णय नभएमा भोलिदेखि आन्दोलन गर्ने पनि चेतावनी दिएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै मोहम्मद आलमले हस्पिटलले गाडी साहुसँग उपचार खर्च लिन्छौ भनेको तर साहुसँग नभेटाएको गुनासो गरे । उनले भने,‘गाडी साहुँसँग अस्पतालको पनि पक्कै नाता छ ।’ पहिला ठिक छ भन्दै गरेको र पछि अस्पतालले ब्रेन ह्याम्ब्रेज भइसेकको भनेर ठूलो अपराध गरेको बताए । उनले भने,‘अस्पतालले बिरामीको अवस्था क्रिटिकल भएको भए शल्यक्रिया किन गरायो ।’ उनले गाडी साहुसँग अस्पतालले छलफल गर्ने वातावरण गराइदिन माग गरे ।

कार्यक्रममा बोल्दै नासिर अन्सारीले अस्पतालले शलास गन्ह्राएको छ शव लिएर जानु भनेर गल्ती गरेको भन्दै अस्पतालबारे छानबिन गर्न सरकारसँग माग गरे ।

उनले मृतकको परिवारको सबै खर्च गाडी साहु र अस्पतालले व्यहोर्न पर्ने बताए । सन्जय साहले अस्पतालले धेरै मानिसहरुमा यसरी आतंक मच्चाएको पनि उनले आरोप लगाए ।

मिया सवार ना ४७ प ५८३३ न.को मोटरसाइकललाई बिपरित दिशाबाट आइरहेको बा २ क ६४७० नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको थियो तर, भेन्टिलेटरको अभावमा उनलाई नेपाल नेसनल अस्पताल कलंकीमा पुर्याइएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ