‘क्रिश्चियन धर्म फैल्याउने आइएनजिओ स्वास्थ्य मन्त्रालयभित्रै’


काठमाडौं । क्रिश्चियन धर्म फैल्याउने आइएनजिओ स्वास्थ्य मन्त्रालयभित्रै रहेको आरोप लागेको छ ।

स्वास्थ्य मन्त्रालयको कानून, कोठादेखि ट्वाइलेटसम्म कब्जा गर्ने आइएनजिओ नेपाल हेल्थ सेक्टर सपोर्ट कार्यक्रम (एनएचएसएसपी) अन्तर्गतको मातृशिशु कार्यक्रम प्रमुख डा. मौरिन डार इया थिइन् । उनी इसाइवादी हुन्। इसाई धर्म प्रचार डा. मौरिनको डिजाइनमा एनएचएसएसपीका एक कर्मचारीले काम गरेको आरोप लागेसँगै क्रिश्चियन धर्म फैल्याउने आइएनजिओ स्वास्थ्य मन्त्रालयभित्रै रहेको चर्चा चल्न थालेको छ । मौरिनका चेला भनेर आरोप लगाइएका विनम्र राजभण्डारीले पठाएको इमेल काण्डले यो तथ्य बाहिर आएको हो ।

यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा विगत २६ वर्षदेखि निरन्तर आवाज उठाउने जनस्वास्थ्य विज्ञ डा. लक्ष्मी तामाङले सेवाकालीन तालिम, सीपयुक्त प्रसूतिकर्मी (एसबिए), सीपयुक्त स्वास्थ्य जनशक्ति २०२०–२०२५ रणनीति एनएचएसएसपीले चोरेर बनाएकोप्रति आपत्ती जनाएपछि मौरिनको डिजाइन राजभण्डारीले गरेको काम भन्दै विवाद सतहमा आएको हो ।

जनस्वास्थ्य विज्ञ डा. लक्ष्मी तामाङकाअनुसार विगत २०-२५ वर्ष देखिको चलन प्रचलन हो दातृनिकायको उच्च अधिकारी तथा उनीहरुको कर्मचारीहरुले यी यसरी ईमेल पठाउने जुन विगतमा पठाउने गर्थ्यो । बर्मेली मुलुका ईसाईवादी डा. मौरिन डार इया (अहिले उनी केहि समयको लागि नेपाल छोडेर गएकी छन् ) ले सबै सेटिङ्ग गरेकी छिन्। ‘त्यसैले एनएचएसएसपीका सम्बन्धित फाँट/शाखा प्रमुख, डा. विनम्र राजभण्डारीले सोहि गरे जुन विगतमा डा. मौरिनले गर्दै आईरहेका थिए ।’, तामाङले भनेकी छिन् ।

इसाई धर्म प्रचार गर्न एनएचएसएसपीले दूरदराजमा दक्ष जनशक्तिबाट प्रसूति नहोस् र अनमिबाट मात्रै प्रसूति गराउँदा नेपालमा मातृ मृत्युदर घट्दैन भन्ने आपराधिक मानसिकताले यस्तो हस्तक्षेप भएको अधिकारीहरु बताउँछन् ।

एकजना विदेशी जो नेपाल २० वर्ष भन्दा बढि बसेर सुरक्षित मातृत्व सेवा कार्यक्रम नेपालको डामाडोल पारे बिगारेको तामाङको दाबी छ । अहिले आएर निर्दोष स्वदेशी जो पदमा आए उनी फन्दामा परेको उनको तर्क छ ।

जनस्वास्थ्य विज्ञ डा. तामाङको आइएनजिओका कर्मचारीमाथि कारबाही अगाडि बढाउनु पर्ने तर्क छ । उनकाअनुसार यसमा सन् २००६ देखि राजनीतिक भएको छ । एनएचएसएसपी बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग डिएफआईडीले लगानी गरेको आइएनजिओ हो ।

एसबीएका लागि विगतमा गाउँ-गाउँमा अनमी थिए । अहिले सो कार्यक्रम सरकारले फेजआउट गरेको छ । २००४ मा डब्लुएचओले एसबिए कार्यक्रममा अनमी राख्नु हुँदैन भनेको थियो । नेपालको सम्बन्धमा ५ वर्ष प्रयोग गर्ने भनेर परिभाषित गरियो । उक्त परिभाषा सन् २०११ मा समाप्त भयो तर, मातृ मृत्युदर घटाउन सकेनन् । मातृ मृत्युदर घटाउन नर्स, डाक्टरलाई एसबीए तालिम दिनुपर्छ र गाउँ-गाउँमा खटाउनुपर्छ भन्ने सरकारको नीति छ । तर, एनएचएसएसपीले चोरेर रणनीतिलाई अन्तिम रूप दिएको हो । जसमा अनमी अगाडि सारिएको छ । यो डा. मौरिनकै डिजाइनमा एनएचएसएसपीले काम गरेको डा. तामाङको बुझाई छ ।

देशका नीति र रणनीति सबै आइएनजिओले बनाइदिएका छन् । सम्बन्धित शाखाको शाखा प्रमुखसँग सुरेश तिवारी, कृष्ण प्रसाद शर्मा र सुशील बरालको एनएचएसएसपी मिलेको हुन्छ । नाम सरकारको लेख्ने र काम आफूले गर्दै आएको छ ।

एनएचएसएसपीमा आवद्ध डा. विनम्र राजभण्डारी आइएनजिओको कर्मचारी हुन् तर, गलत रुपमा प्रचार गरेर आफू स्वास्थ्य सेवा विभागको कर्मचारी भएको देखाएर इमेल गर्दै आएका छन् । तामाङको भनाइलाई आधारमान्दा क्रिश्चियन धर्म फैल्याउने आइएनजिओ स्वास्थ्य मन्त्रालयभित्रै रहेको अनुमान लगाउन सकिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com