सिडिओ ‘लकडाउन’ गर्ने मुडमा गृह रोक्ने तरखरमा


काठमाडौं । कोरोना महामारी फैलन सक्ने भन्दै काठमाडौं र भक्तपुर जिल्लाका सिडिओले सभा, जुलुस भेलालगायतमा कडाई गर्ने आदेश जारी गरे ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो समय कोरोनाको ग्राफ बढिरहेको देखाएको छ । त्यसैलाई मध्यनजर गरेर हुनुपर्छ काठमाडौं र भक्तपुरका सिडिओले फेरि कडाई गर्ने आदेश जारी गरेका छन् । यसलाई लकडाउन कै पूर्वअभ्यासका रूपमा धेरैले अर्थ्याएका छन् ।

सिडिओहरु स्मार्ट लकडाउनसम्म गर्नुपर्ने मुडमा देखिन्छन् । तर, गृह मन्त्रालयले भने सिडिओलाई लगाम लगाउने पक्षमा देखिन्छ । दुबै जिल्लामा सिडिओले जारी गरेको आदेशमा गृह मन्त्रालयले असहमति जनाएको छ । गृह मन्त्रालयको विज्ञप्ति र सिडिओले जारी गरेको आदेश हेर्दा सिडिओ ‘लकडाउन’ गर्ने मुडमा गृह रोक्ने तरखरमा रहेेकोसिडिओ ‘लकडाउन’ गर्ने मुडमा गृह रोक्ने तरखरमा रहेेको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com