एमालेको विधान महाधिवेशनमा मेडिकल व्यवसायी बसरूद्धिन अन्सारीदेखि दुर्गा प्रसाईसम्म


काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा मेडिकल कलेज सञ्चालकसमेत प्रतिनिधि बनेर गएका छन् ।

नेसनल मेडिकल कलेजका सञ्चालक बसरूद्धिन अन्सारीदेखि प्रस्तावित बिएण्डसी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईसम्म एमालेको विधान महाधिवेशनमा सहभागी भएका हुन् ।

नेसनल मेडिकल कलेजका एमडीसमेत रहेका अन्सारीले एमालेबाट वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट नै पाएका थिए । प्रसाई भने पहिलोपटक एमाले पार्टीको कार्यकर्ताको हैसियतमा प्रतिनिधि भएर विधान महाधिवेशनमा सहभागी भएका हुन् ।

पछिल्लो समय मेडिकल कलेजका मालिकहरू राजनीतिमा सक्रिय रुपमा लाग्न थालेका छन् । पहिला माओवादी निकट रहेका अन्सारी र प्रसाई अहिले एमालेमा सक्रिय रुपमा देखा परेका हुन् । मेडिकल कलेजका सञ्चालकहरू राजनीतिक रुपमा नै खुल्न थालेका छन् । यसले मेडिकल शिक्षामा बेथिति निम्तने चिकित्सा शिक्षा सुधारका अभियन्ताहरूको चिन्ता छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com