कोरोनाका बिरामी अलपत्र पारेर सिभिल अस्पतालकी नर्सिङ इन्चार्ज एमाले महाधिवेशनमा


काठमाडौं । सिभिल अस्पतालकी नर्सिङ इन्चार्ज कल्पना श्रेष्ठ बिरामीको हेरचाह र नर्सहरुको व्यवस्थापनको काम छाडेर नेकपा एमालेको विधान महाधिवेशनमा गएकी छन् ।

सरकारी स्वामित्वमा रहेको निजामती सेवा अस्पतालको नर्सिङ इन्चार्ज श्रेष्ठ कोभिड १९ को ‘केस’ बढिरहेको अवस्थामा बिरामीको स्वास्थ्य उपचार भन्दा पार्टीलाई प्राथमिकतामा राखेकी हुन् । सिभिल अस्पतालमा नर्सिङ सेवा प्रभावकारी नभएको गुनासो आइरहेको अवस्थामा श्रेष्ठ एमाले पार्टीमा सक्रियतापूर्वक खटिएकी छन् ।

सरकारी तलब भत्ता खाएर यस्तै खटाई र योगदान अस्पताल र बिरामीको सेवामा गर्ने हो भने सिभिल अस्पतालको सेवा गुणस्तरीय, भरपर्दो र विश्वासिलो हुने अस्पतालका अधिकारीहरु बताउँछन् । नर्सहरू नै पार्टीको काममा लाग्न थालेपछि पछिल्लो समय सिभिलको सेवामाथि बिरामी र सेवाग्राहीको गुनासो बढ्न थालेको छ । इन्चार्य नै पार्टीमा सक्रिय हुन थालेपछि मातहतका नर्सहरूलाई पनि हाइसञ्चो भएको छ ।

सिभिल अस्पतालको नर्सिङ इन्चार्ज श्रेष्ठले स्वास्थ्य लाइभसँग कुरा गर्दै एमालेको विधान महाधिवेशनमा प्रतिनिधि भएर गाएको पुष्टी गरिन् । पार्टीको विधान महाधिवेशन रमाईलो भएको उनको प्रतिक्रिया छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com