स्वास्थ्यमन्त्रीमा उमेशको ‘प्रमोशन’ हुने संकेत


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा उमेश श्रेष्ठको प्रमोशन हुने सम्भावना बढेको छ । स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेसँगै उमेशलाई नै मन्त्री बनाउने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा रहेको बालुवाटार स्रोतले बतायो ।

बालुवाटार स्रोतकाअनुसार सिटौला समूहले स्वास्थ्य मन्त्रालयमा जोड गरिरहेको भए तापनि प्रधानमन्त्री देउवा र प्रथम महिला आरजु देउवा राणा उमेशलाई मन्त्रीमा प्रमोशन गर्नुपर्ने पक्षमा छन्। स्वास्थ्यमा खोप व्यवस्थापनलगायतका काममा उनले राम्रै काम गरेकाले निरन्तरता दिनुपर्ने पक्षमा बालुवाटार रहेको स्रोतको भनाइ छ ।

स्वास्थ्य मन्त्रालय कांग्रेसको भागमा परेको र प्रधानमन्त्री र प्रथम महिला पनि उनकै पक्षमा रहेकाले स्वास्थ्य मन्त्रीमा उमेशको प्रमोशन हुने सम्भावना बढेको हो । त्यसो त स्वास्थ्यमा जानका लागि कांग्रेस नेता मिनेन्द्र रिजाल र  उमाकान्त चौधरी दौडधुमा रहेका छन् । रिजालले सञ्चार नपाए स्वास्थ्यमा जाने भन्दै महामन्त्री शशांक कोइरालामार्फत लबिङ गरिरहेको स्रोतले बतायो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com