स्वास्थ्य सेवा विभागका डिजी डा. बिच्छाको म्याद थपियो

'म्याद थप गर्न मिल्छ तर, जिम्मेवारी अन्यौल छ',


काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाको म्याद थप गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो । स्रोतकाअनुसार आज बसेको मन्त्रिपरिषद्को बैठकले डा. बिच्छाको दुई वर्ष म्याद थप गर्ने निर्णय गरेको हो ।

कार्तिक पहिलो साता घर जान लागेका विभागका निमित्त महानिर्देशक बिच्छाको दुई वर्ष म्याद थपिएपछि उनलाई कान्ति बाल अस्पतालमा खटाउनु पर्ने स्वास्थ्यका अधिकारीहरुको मत छ । उनको म्याद थप गर्न बालुवाटार कस्सिएर लागेको थियो ।बालुवाटार कै दबाबमा बिच्छाको म्याद थप भएको हो ।

सरकारले स्वास्थ्य सेवाको बाह्रौं तहमा तीनजना बढुवा गर्न पक्रिया अगाडि बढाइसकेको छ । बाह्रौं तहको प्रमुख विशेषज्ञ स्वतः विभागको महानिर्देशक हुन्छ । म्याद थपिए पनि बिच्छा विभागको डिजीको जिम्मेवारीमा फर्कन सक्ने अवस्था देखिँदैन । अब उनलाई विभागको जिम्मेवारी भन्दा पनि जुन प्रयोजनका लागि म्याद थपिएको हो त्यही प्रयोजनका लागि खटाउनु पर्ने स्वास्थ्य मन्त्रालयका एक पूर्वसचिवको धारणा छ । यता महानिर्देशक बिच्छा भने म्याद थप गर्न मिल्छ तर, जिम्मेवारी अन्यौल रहेको बताए ।  स्वास्थ्य लाइभसँग कुरा गर्दै उनले आफूलाई म्याद थप गरिएको विषयमा आधिकारिक जानकारी नआएको सुनाए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com