स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा कोशी अस्पतालको निरीक्षण


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोशी अस्पतालको निरीक्षण गरेका छन् ।

बिहीबार विराटनगर पुगेका श्रेष्ठ विराटनगरस्थित कोशी आस्पतालको निरीक्षण गरेका हुन् ।  अस्पतालको भौतिक र प्रशासनिक अवस्थाको जानकारी लिनुका साथै उनले अस्पतालले बिरामी दिइरहेको सेवाको विषयमासमेत जानकारी लिएका छन् ।

निरीक्षणका क्रममा राज्यमन्त्री श्रेष्ठले बिरामीसँग अस्पतालले दिने सेवाको विषयमा सोधखोज गरेका थिए ।

सरकारी अस्पताल सुधार गर्ने हेतुले उनले देशभरको अस्पतालहरुको भौतिक उपस्थितिमै जानकारी लिइरहेका छन् । सोही क्रममा राज्यमन्त्री श्रेष्ठ आज विराटनगरस्थित कोशी अस्पताल पुगेका हुन् ।

निरीक्षणका क्रममा राज्यमन्त्री श्रेष्ठले अस्पताल परिसरमा निर्माण हुन लागेको आकस्मिक उपचार कक्ष, सघन उपचार कक्ष र जटिल बिरामीको उपचार कक्ष रहने भवनको शिलान्याससमेत गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ