मन्त्री ल्याउन स्वास्थ्य मन्त्रालयको गाडी ‘रेडी’


काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासबाट नयाँ मन्त्री ल्याउन स्वास्थ्य मन्त्रालयको गाडी तयारी हालतमा राखिएको छ ।

नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री र राज्यमन्त्री पठाउने भएसँगै मन्त्रालयले गाडी धुईपखाली गरेर चिटिक्क पारेको हो । नयाँ मन्त्री आजै आउने तयारी रहेकाले गाडी तयारी हालतमा राखेको हो ।

मन्त्रीको सपथ अगाडि नै स्वास्थ्यका ति गाडी शीतल निवास प्रस्थान गर्ने छन् । समाजवादीले स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा, राज्यमन्त्रीमा भवानी खापुङको नाम सिफारिस गरेको छ ।

समाजवादीले स्वास्थ्यमन्त्री खतिवडा, राज्यमन्त्री खापुङको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।  स्वास्थ्य मन्त्रालयमा गाडीका ड्राइभरहरू मन्त्री, राज्यमन्त्री चढ्ने गाडी सफा गर्न व्यस्त छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com