स्वास्थ्य मन्त्रालयको वेबसाइटले चिन्यो नयाँ मन्त्री, कुन कुनले चिनेन?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा  नयाँ मन्त्री फेरिएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको वेबसाइटले नयाँ मन्त्री चिन्न सकेको देखिएन ।

भूमि व्यवस्था, सहकारी तथा गरिब निवारण मन्त्री शशी श्रेष्ठ भइसकेपनि मन्त्रालयको वेबसाइटले शेरबहादुर देउवालाई नै मन्त्रीको रूपमा चिनेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा उमा रेग्मी नियुक्त भएपनि वेबसाइटले शेरबहादुर देउवालाई नै मन्त्री मानेको छ ।

स्वास्थ्य मन्त्रालयको वेबसाइटले भने नयाँ मन्त्री चिनेको देखिन्छ । बिरोध खतिवडा र भवानीप्रसाद खापुङलाई स्वास्थ्यको वेबसाइटले मन्त्री र राज्यमन्त्रीको रुपमा मान्यता दिएको छ ।

मन्त्रालयहरूमा खडा गरिएको आईटी टिम कतिको सक्रिया छ भन्ने स्वास्थ्य लाइभको खोजीमा स्वास्थ्य मन्त्रालयको आईटी टिम अपडेटमा अगाडि देखिएको छ ।

भूमि व्यवस्था र महिला, बालबालिका मन्त्रालयको आईटी टिम झूर रहेको स्वास्थ्य लाइभको वेेबसाइट अवलोकनबाट खुलेको छ । अन्य मन्त्रालयको तुलनामा स्वास्थ्य मन्त्रालयको आईटी टिम सक्रिय र अपडेटमा अगाडि रहेको पाइएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com