बेहुलीझैं सिंगारियो मैतीदेवी मन्दिर, कोरोना फैलने जोखिम


काठमाडौं । दसैंको उपलक्ष्यमा मैतीदेवी मन्दिर बेहुलीझैं सिंगारिएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको मैतिदेवी मन्दिर घटस्थापनादेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।

बेहुलीझैं सिंगारिएको मैतीदेवी मन्दिमा एक्कासी भिड बढेकाले कोरोना फैलन उच्च जोखिम देखिन्छ ।

मन्दिर दर्शन गर्न आउनेले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्दा कोरोना फैलने जोखिम देखिएको हो ।

कोरोना महामारी पूर्ण रूपमा नियन्त्रण नहुँदै मानिसहरू लापरबाही गर्न थालेका छन् । यसले कोरोनाको अर्को लहर फैलिने विज्ञहरू बताउँछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com