स्वास्थ्यबाट हट्नेबित्तिकै किन पुगे उमेश भोजपुर?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारीमा रहेका उमेश श्रेष्ठ स्वास्थ्यबाट हटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्नेबित्तिकै गृह जिल्ला भोजपुर पुगेका छन् ।

गृह जिल्ला भोजपुर पुगेका राज्यमन्त्री उमेशले भोजपुर नगरपालिका-९, कैलाशडाँडामा देवादिदेव महादेवको १० फिट अग्लो प्रतिमा स्थापना गरि विधिवत् पूजा सम्पन्न गरेको जानकारी गराएका छन् ।

त्यस्तै उनले नेपाल चिकित्सक संघ, केन्द्रीय कार्यालयको पहलमा सूची फाउन्डेसन ताइवानबाट भोजपुर जिल्ला अस्पतालका लागि उपलब्ध गराइएको ४० सिलिन्डर क्षमता भएको अक्सिजन प्लान्टको पूर्व निर्धारित कार्यक्रमअनुसार उद्घाटन भएको जनाएका छन् ।

राज्यमन्त्री श्रेष्ठले भोजपुर उद्योग वाणिज्य संघसँग अन्तर्क्रिया गर्नुका साथै जन्मस्थल दावाँ पुगेर स्थानीयहरूसँग भेटघाटसमेत गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com