उद्योगमन्त्री हमाल राजीनामा दिँदै, निवर्तमान स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ उद्योगमा !


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिने घोषणा गरेका छन् ।

हमालले उद्योगमन्त्रीबाट राजीनामा दिने घोषणा गरेसँगै उद्योगमा निवर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको चर्चा सुरु भएको छ । प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबरासँग नाम जोडिएर विवादमा परेपछि उद्योगमन्त्री हमालले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा दिने घोषणा गरेका हुन् ।

नेपाल बार, सर्वोच्च बार र अधिकांश कानुन व्यवसायी प्रधानन्यायाधीशविरुद्ध खनिएपछि नाताले प्रधानन्यायाधीश राणाका जेठान पर्ने हमालले राजीनामाको घोषणा गरेका हन् ।

हमालको राजीनामा घोषणासँग उद्योग मन्त्रालयमा निवर्तमान स्वास्थ्य राजमन्त्री उमेश श्रेष्ठलाई पठाउने मनस्थितिमा प्रधानमन्त्री देउवा रहेको बालुवाटार स्रोतले स्वास्थ्य लाइभलाई बतायो । स्वास्थ्यबाट हटेपछि उद्योगमा जाने चर्चामा रहेका राज्यमन्त्री श्रेष्ठको हमालको राजीनामा घोषणासँगै उद्योगमा जाने ढोका खुलेको छ ।

प्रधानमन्त्रीले उचित जिम्मेवारी दिए लिन तयार छु भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेका राज्यमन्त्री श्रेष्ठको उद्योगमा जाने सम्भावना बढेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com