उद्योगमन्त्रीको ‘रेस’मा स्वास्थ्यबाट गएका उमेश अगाडि


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएसँगै उद्योगमन्त्री खानमा लागि सुजाता कोइरालादेखि पुष्पा भुसालसम्मको दौडधुप चलेको छ ।

कांग्रेसको कोटाबाटै उद्योगमन्त्री पठाइने भएकाले सुजाता कोइराला, पुष्पा भुसालदेखि हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट गएका उमेश श्रेष्ठबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । मन्त्री दिए रामचन्द्र- शशांक समूह छाडेर सहयोग गर्न तयार रहेको भन्दै सुजाता कोइरालासमेत प्रधानमन्त्री शेरबहादुर देउवालाई फकाउन थालेकी छन् ।

देउवा क्याम्पमा भने उद्योगमा मीनबहादुर विश्वकर्मा, उमेश श्रेष्ठलगायतको नाम चर्चामा छ । स्वास्थ्यमा जस्तो गोविन्द केसी ‘फ्याटर’ उद्योगमा नरहेकाले उमेशलाई नै उद्योगमन्त्री बनाउनुपर्ने बालुवाटर भित्र बलियो लबी देखिन्छ । त्यसैले उद्योग मन्त्रीको रेसमा हालै स्वास्थ्यबाट गएका उमेश अगाडि देखिएको बालुवाटारमा चर्चा सुरू भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com