खगराजले स्वास्थ्य सेवा विभागका महानिर्देशक बिच्छालाई ९ करोड बुझाएको भनेपछि …



काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. आरपी बिच्छाले फोहोरमैला व्यवस्थापनको ९ करोड माधव नेपाललाई बुझाएको आरोप लगाएपछि स्वास्थ्यमा हल्लीखल्ली भएको छ ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बिच्छाले फोहोरमैला व्यवस्थापनको ९ करोड पनि माधव नेपाललाई दिएको एमाले नेता अधिकारीले गम्भीर आरोप लगाएका थिए । यो विषयले अहिले स्वास्थ्यमा चर्चा पाएको छ । पूर्व स्वास्थ्यमन्त्री अधिकारीले लगाएको आरोप छानबिन गर्न योग्य रहेको स्वास्थ्यका अधिकारीहरू बताउँछन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको प्रस्तावमा डा. आरपी बिच्छालाई स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाएको आरोपसमेत उनले लगाएका छन् ।

ओम्नीको सेटिङले स्वास्थ्य सेवा विभागमा म्याद सकिएको व्यक्तिलाई म्याद थपेर कानुन मिचेर स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाइएको उनको भनाइ छ । ‘त्यो काम माधवकुमार नेपालको सिफारिसमा भएको हो र अहिले स्वास्थ्य मन्त्रालय उहाँले लिनुभएको हो भन्ने कुरा दिउँसोको घामजस्तै छर्लङ्ग प्रमाणित छ ।’, पूर्व स्वास्थ्यमन्त्री अधिकारी भने, ‘आज तीनै व्यक्तिको सिफारिसमा स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाईएको छ । र, सिनियरलाई मिचेर जुनियरलाई ल्याइएको छ ।’, जसको म्याद सकिएपछि म्याद थप्न मिल्दैमिल्दैन्, विशेषज्ञ सेवाका लागि एक वर्षलाई मात्रै लिन सकिने उनको दाबी छ ।

‘बैठकमा आरजु देउवामात्र होइन्, माधवकुमार नेपालसमेत मिलेर त्यो काम भएको कुरा घामजस्तै छर्लङ्ग नै रहेेको छ ।’, एमाले नेतासमेत रहेका अधिकारीकाले कुराकानीमा भनेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com