दसैं लाग्यो : सुनसान स्वास्थ्य मन्त्रालय, ताल्चा लगाएर हिडे कर्मचारी


काठमाडौं । स्वास्थ्य मन्त्रालय पुग्दा दसैं लागेको भान हुन्छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री, राज्यमन्त्रीको कार्यकक्ष बन्द छ । प्रायजसो कर्मचारीहरु कार्यालय आएका छैनन् ।

स्वास्थ्य सेवाको प्रमुख विशेषज्ञ (बाह्रौ तह ) बढुवाका लागि निवेदन दिने आज अन्तिम दिन थियो । तर बढुवा शाखाका कर्मचारी हिजै कार्यकक्षमा ताल्चा ठोकेर हिडेपछि बढुवाका लागि निवेदन दिन आउने योग्यता पुगेका कर्मचारी बिचल्लीमा परेका छन् । निवेदन दिन आउने व्यक्तिहरू निवेदन कहाँ बुझाउने भनेर अलमलमा देखिन्छन् ।

प्रायजसो महाशाखा, शाखाको हालत पनि त्यस्तै देखिन्छ । मन्त्रालयमा आगन्तुकको चहलपहल पनि घटेको छ । उच्च पदस्थ कर्मचारी काम गर्ने मुडमा देखिँदैनन् ।

स्वास्थ्य मन्त्रालयको अवस्था हेर्दा आजैदेखि दसैं लागिसकेको आभाष हुन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com