कोरोना विरुद्धको खोप अब दशै पछि….  के छ हाल सम्मको अवस्था


काठमाडौं । कोरोना विरुद्धको खोप अब दशै पछि मात्रै संचालन हुने भएको छ । सोमबार देखि सार्वजनिक बिदा भएसँगै खोप दशै पछि चल्ने भएको हो । सोमबार सम्म देशभर २९ दशमलब ७ प्रतिशतले पूर्ण खोप र पहिलो मात्रा लगाउने ३८ दशमलब २ प्रतिशत रहेको छन् ।

सरकारले दशैं अगाडी ३३ प्रतिशत नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने घोषणा गरेको थियो । तर, घोषणा गरे अनुसार सरकारको लक्ष्य पुरा हुन सकेन । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा समिर अधिकारीले दशै पछि मात्रै खोप संचालन हुने बताए ।

कोरोना संक्रमण दर पछि तिब्र रुपमा घटेको छ । हाल दैनिक ५ प्रतिशत भन्दा कम संक्रमण छ । तर, अधिकारीहरुले अझै जोखिम कायम रहेको बताएका छन् । बसपार्क, विमानस्थल, पसलहरुमा अचाक्ली भिड भएकाले कोरोना बढ्न सक्ने अनुमान अधिकारीहरुले लगाएका छन् ।

मन्त्रालयका सह प्रवक्ता अधिकारीका अनुसार पहिलो मात्रा खोप ८३ लाख १७ हजार ९०२ जनाले लगाएका छन् भने, पूर्णखोप ६४ लाख ६२ हजार ७७६ जनाले लगाएका छन् । हाल देशभर १६ लाख ३५ हजार २४६ डोज खोप मौज्दात रहेको छ । त्यस्तै जोन्सनको ३ सय ५ डोज बाँकी छ । उक्त खोपहरु देशका बिभिन्न भण्डारण स्टोरमा राखिएको छ । अहिले सम्म १ करोड ८८ लाख ५८ हजार ७१० डोज खोप प्राप्त भएको छ ।

हाल सम्म प्राप्त भएको खोप
कोभिसिल्ड भारत सरकारको अनुदान                 १० लाख
कोभिसिल्ड भारतसँग खरिद गरेको                     १० लाख
कोभिसिल्ड कोभ्याम्स सुबिधाको                        ३ लाख ४८ हजार
कोभिसिल्ड नेपाली सेनालाई अनुदान                  १ लाख
भेरोसेल चीनबाट अनुदान                                   ८ लाख
भेरोसेल चीनबाट अनुदान                                  १० लाख
भेरोसेल चीनबाट खरिद                                      ४० लाख
जोन्सन कोभ्याक्स सुबिधाको                            १५ लाख ३४ हजार ८५०
अस्ट्राजेनेका भुटानबाट अनुदान                         २ लाख ३० हजार
अस्ट्राजेनेका जापानबाट अनुदान                        १६ लाख १४ हजार ७४०
भेरोसेल चीनबाट खरिद                                     १६ लाख
अस्ट्राजेनेका बेलायतबाट अनुदान                     १ लाख ३१ हजार १२०
भेरोसेल चीनबाट खरिद                                     ४४ लाख
भेरोसेल रेडक्रसबाट अनुदान                              १ लाख
कोभिसिल्ड भारतबाट खरिद                              १० लाख

कुन प्रदेशमा कतिले लगाए खोप

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com