दसैंमा ताल्चा लगाएको स्वास्थ्य मन्त्रालय जिम्मा लिने कर्मचारी


काठमाडौं । नेपालीहरुको महानपर्व बडादसैँ सुरु भएको छ । सोमबारदेखि सरकारी कार्यालय बन्द भएका छन् । सरकारी अड्डाहरु सुनशान छन् । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही कर्मचारी मन्त्रालयको रेखदेखमा खटाएको छ ।

कोरोना महामारीको समयमा केही अप्ठयारो अवस्था आउँन सक्ने कुरालाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले कानुन उपसचिव मान बहादुर बस्नेतको संयोजकत्वमा एक टोली खटाएको छ । मन्त्रालयको सुरक्षा त्यहाँका सुरक्षाकर्मीले गर्छन् तर, केही असहज र आपत्कालीन काम परेको खण्डमा त्यसको समाधान गर्न यी कर्मचारीले गर्नेछन् ।

कानुन उपसचिव मान बहादुर बस्नेत,  शाखा अधिकृत अमित पौडेल र कम्प्युटर इन्जिनियर विज्ञान भेटवाललाई मन्त्रालयले खटाएको छ । सोमबार सचिवस्तरीय निर्णयबाट उनीहरुलाई दसैँको बिदा अवधिभर रेखदेख गर्न खटाएको हो । अन्य स्वास्थ्यकर्मी भने दसैँ मनाउन गाउँ-घर पुगेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com