लयमा फर्कदै सुनसान काठमाडौं


काठमाडौं । दसैँमा सुनसान बनेको काठमाडौं उपत्यका पुरानै लयमा फर्कदै गएको छ ।

दसैँको अवसरमा काठमाडौं छोडेर गाउँ-गाउँ दसैँ मान्न उपत्यकामा बस्नेहरू निस्केपछि काठमाडौं सुनसान बनेको थियो । टीकाको भोलिपल्ट आज शनिबार नै भएपनि काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । हिजोसम्म सुनसान र बैराग बनेको काठमाडौं आजदेखि लयमा फर्कन थालेको हो । भोलि आइतबारबाट सरकारी कार्यालय खुल्ने भएकाले पनि काठमाडौं उपत्यका भित्रिनेको संख्या ह्वात्तै बढेको छ ।

दसैँ मान्न गाउँ जाने मानिसहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी लापरबाही गरेकाले काठमाडौंमा कोरोना संक्रमण फैलने उच्च जोखिम भने देखिन्छ । त्यसैले उपत्यका बाहिरबाट भित्रन सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उचित मापदण्ड लागू गर्न आवश्यक रहेको विज्ञहरूको सुझाव छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com