सुनसान स्वास्थ्य मन्त्रालयमा ठडिएको टावर के को हो?


काठमाडौं । दसैँको बेला सुनसान बनेको स्वास्थ्य मन्त्रालयमा एउटा टावर ठडिरहेको छ । अहिले स्वास्थ्य मन्त्रालयमा कोही मान्छे नभएपनि त्यहीं टावरले सिंगो मन्त्रालय रुग्ने काम गरेको आभाष हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयभित्र ठडिरहेको टावर के हो भन्ने प्रायजसोको जिज्ञासा रहेने गरेको छ । कसैले टेलिकम, कसैले रेडियो सञ्चारलगायत विभिन्न अड्कलबाजी गर्दै आएका छन् । 

धेरैले यो टावरलाई एनजिओ/ आइएनजिओले जासुरी गर्ने संयन्त्रण बनाएको आरोप लगाउँदै आएका छन् । यो विषयमा स्वास्थ्य लाइभले खोजी गर्दा याे १२ वर्ष अगाडि नेपाल टेलिकमले राखेकाे टावर रहेको पाइएको छ । ‘स्वास्थ्य मन्त्रालय भित्र फाेन नटिप्ने कारणले टावर राखिएकाे हाे’, स्वास्थ्य मन्त्रालयका एक अधिकारीले भने, ‘अझै पनि मन्त्रालयको पश्चिम पट्टीको भागमा फाेनले काम गर्दैन । त्यो टावर मर्मत गर्न पटकपटक टेलिकमलाई भनेपनि अहिलेसम्म सुनुवाई भएकाे छैन ।’,

यता स्वास्थ्य मन्त्रालयका पूर्व सहसचिव डा. जिडी ठाकुर मन्त्रालयमा टेलिफोन र नेटको समस्या भएकाले उक्त टावर राखिएको बताउँछन् । फोनको नेटवर्क र नेटकाे सहज पहुँच नभएकाले मन्त्रालयका उच्च अधिकारीलाई सहजता प्रदान गर्न उक्त टावर राखिएको उनको भनाइ छ । एकपटक डब्लुएचओले पनि सचिव र जिम्मेवार हाकिमकाे सहजताका लागि टावर राखेर नेट उपलब्ध गराउन खोजेको प्रसंग डा. ठाकुर सुनाए । स्वास्थ्य मन्त्रालयमा ठडिएको यो टावर भने टेलिकमले नै राखिदिएको पुष्टि भएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com