वीर अस्पतालमा स्वास्थ्यमन्त्रीको नाममा चन्दा आतंकको आरोप 


काठमाडौं । वीरबाट जागेश्वर गौतम हटेसँगै अस्पताल पूर्ण रूपमा सञ्चालनमा रहेको छ । वीरमा दैनिक दुई हजार भन्दाबढी बिरामीले सेवा लिइरहेका छन् । २४ सैं घण्टा पिसिआर हुँदै आएको र टिकट काट्ने व्यवस्था सहज भएको वीर अस्पतालमा अधिकारीहरु बताउँछन् ।

कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल, वीरमा अहिले दुई सयभन्दा बढी बिरामी उपचारत छन् । सय बेडको आईसियू सञ्चालनको तयारी तीब्र रुपमा अगाडि बढेको छ ।

सर्जिकल भवन ५ सय बेड सञ्चालन र व्यवस्थापनको काम अन्तिम अवस्थामा छ । सिटि स्याक्यान ,एमआरआई, प्याथोलिजि, इमर्जेंसी सेवा चुस्त भैरहेको छ । कर्मचारी नपाएको कोभिड भत्ता पाएको , लामो समय देखि नपाएको औषधि खरिद खर्च पाएको ,समयमै तलब पाउन थालेको,सेवा बिस्तार भत्ता दिने तयारी भैरहेको अस्पताल प्रशासनको भनाइ छ ।

डा. भुपेन्द्र कुमार बस्नेत वीर अस्पताल को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्ति भएपछि सुधारमा बिगतदेखि वीर अस्पतालको खरिद एकाई ,जनरल स्टोर र सामाजिक एकाई बसेर करोडौं कमाएका र जागेश्वर निकट हु भन्ने केही भष्ट कर्मचारीहरु बस्नेतलाई असफल बनाउन लागिपरेको आरोप लागेको छ ।

मेडिकल माफियामार्फत आफ्नौ प्रभाव बढाउँदै पुन: वीर अस्पतालको मेडिकल सामग्री खरिद , ठेक्का, कर्मचारी भर्नामा आफूनिकटसँग मिलेर एकलौटी नियुक्ति र उपकरण खरिदमा स्वास्थ्यमन्त्री विरोध खतिवडाको नाममा चन्दा आतंक सुरू भएको आरोप लाग्न थालेको छ ।

 मेडिकल माफियाको वीर अस्पताल र ट्रमाका मन्त्रीकै जिल्लावासी विष्णु   फुँयाल, अग्निधर बस्साल, र जनरल स्टोरका केही कर्मचारी तथा लेखा शाखा प्रमुख लोक बोहरा मेडिकल माफियासँग मिली अनियमितता गरि कमाउँदै आएको अस्पतालकै कर्मचारीहरूको आरोप छ ।

विभिन्न विभागमा सरुवा गर्ने दसैं तिहार खर्च भन्दै बल्लतल्ल मन्त्री भएको भन्दै उनलाई पैसा चाहियो भन्दै मन्त्रीको नाममा व्यापारी र कर्मचारीसँग पैसा उठाइरहेको वीर अस्पतालमा चर्चा छ ।

फुयाँल र अग्निधरको समूहले अब वीर र ट्रमामा हामीले जे भयो त्यही हुन्छ, मन्त्री मेरै हो भन्ने धम्की दिँदै वीरमा बस्न मन लागे पैसा देऊ होइन भने हटाउछु भनेर पैसा उठाईरहेको एक व्यापारीको भनाइ छ । वीरमा विना टेन्डर सामान खरिद गर्नु पर्छ भनेर त्यो समूहले लबिइङसमेत थालेको पाइएको छ । त्यो स्वार्थ समूह मन्त्रीलाई बदनाम गराएर पैसा असुली धन्दामा लागेकाले स्वास्थ्य मन्त्रालयले त्यस्तो बदमासी रोक्न तत्काल कदम चाल्नुपर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com