मोहन वैद्य भेट्न उपराष्ट्रपति नर्भिकमा


काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य(किरण)लाई भेट्न थापाथली स्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।

दमको समस्या बढेर आइतबार नर्भिक अस्पताल भर्ना भएका वैद्यलाई भेट्न उपराष्ट्रपति पुन मंगलबार बिहान नर्भिक अस्पताल पुगेका हुन् । त्यस्तै गृहमन्त्री बालकृष्ण खाणले पनि बिहान वैद्यलाई नर्भिक पुगेर भेटेका छन् ।
यता प्रधानमन्त्री शेर बहादुर देउवाले पनि वैद्यकाे स्वास्थ्य अवस्थाबारे चासाे राखेकाे अस्पतालले जनाएकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com