योगश भट्टराई एक्कासी वीर अस्पताल भर्ना


काठमाडौं ।  थामिनसक्नु ज्वरो आएपछि नेकपा एमाले नेता योगेश भट्टराई वीर अस्पताल भर्ना भएका छन् । केही दिनदेखि ज्वरो आएर घरमै आराम गरिरहेका नेता भट्टराईलाई  स्वास्थ्यमा सुधार नभएपछि वीर अस्पताल भर्ना गरिएको हो ।

उनलाई उच्च ज्वरोको कारण वीर अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले दाबी गरेपनि एक साता भेटघाट पूर्ण रुपमा बन्द गरिएकाले नेता भट्टराईको स्वास्थ्यमा जटिल समस्या देखिएको वीर अस्पतालका  चिकित्सकहरू बताउँछन् । भट्टराई केही दिनदेखि पार्टीको कार्यक्रम र भेटघाटमा नआइरहेको चर्चा चलिरहेको अवस्थामा आज एक्कासी वीर अस्पताल भर्ना भएका हुन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com