सिंहलाई पुनः स्वास्थ्य सेवा विभागको महानिर्देशक बनाइँदै


काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहलाई पठाउने तयारी भएको छ । उनलाई महानिर्देशक बनाउने प्रक्रिया अगाडि बढिसकेको र आइतबार महानिर्देशकको जिम्मेवारी दिएर पठाउने तयारी भएको स्वास्थ्यमन्त्री निकट स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

यस अघि पनि सिंह १३ महिना विभागको महानिर्देशक भएका थिए । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले उनलाई हटाएर विभागको महानिर्देशक डा. आरपी बिच्छालाई बनाएका थिए ।स्वास्थ्यमन्त्री बिरोध खतिवडाले विभागको महानिर्देशकमा पुनः सिंहलाई पठाउने भएका हुन् । मन्त्री निकट स्रोतकाअनुसार डा. सिंहलाई महानिर्देशक बनाउनका लागि टिप्पणी उठिसकेको छ । तर, मन्त्रीबाट स्वीकृत हुन बाँकी छ । वर्तमान महानिर्देशक डा. बिच्छाले कार्तिक ७ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् । बिच्छाको अवकाश कै दिन पारेर डा. सिंहलाई विभागको महानिर्देशकमा पठाउने तयारी भएको हो ।

सिंह १२ औं तहका प्रमुख विशेषज्ञ हुन् । विभागको महानिर्देशक १२ औं तहको हुने व्यवस्था छ । १२ औं तहका डा. रोशन पोखरेल स्वास्थ्य सचिवमा नियुक्त र महेन्द्र श्रेष्ठ सेवा निवृत्त भएपछि त्यसको फाइदा उठाउँदै एघारौं तहका बिच्छालाई महानिर्देशक बनाइएको थियो । योसँगै बाह्रौं तहको रिक्त पदमा बढुवा प्रक्रिया तत्काल अगाडि बढ्ने मन्त्री खतिवडाले संकेत गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com