स्वास्थ्य सेवा विभागकाे महानिर्देशकमा डा. दीपेन्द्ररमण


काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंहलाई पठाउने निर्णय भएकाे छ ।

महानिर्देशक बनाउन शुक्रबार उठेकाे फायल आइतबार सदर भएकाे छ ।  महानिर्देशक डा.  बिच्छाकाे अवकाशसँगै स्वास्थ्य मन्त्रालयले सिंहलाइ महानिर्देशकमा पठाएकाे हाे । यद्यपि डा. बिच्छालाई अनिवार्य अवकाशमा जानुअघि विशेषज्ञको हैसियतमा तीन वर्ष म्याद थप गरिएको छ ।

यस अगाडि पनि डा. सिंह  स्वास्थ्य सेवा विभागको महानिर्देशक भइसकेका व्यक्ति हुन् । स्वास्थ्य मन्त्रीका रुपमा उमेश श्रेष्ठ आएपछि सिंहलाई मन्त्रालय तानेर कान्ति अस्पतालमा कार्यारत डा. बिच्छालाई विभागकाे महानिर्देशक बनाइएको थियाे   सरकारले तीन वर्ष सेवा थप गरेका बिच्छालाई कान्ति बाल अस्पताल पठाएकाे छ । डा. सिंहले आजै जिम्मेवारी सम्हाल्ने बताए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com