झापामा माओवादी पत्तासाफ बनाउने भन्दै केपी ‘बा’का नाति एमालेमा प्रवेश


झापा । झापाको प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाई झापाबाट माओवादी पत्तासाफ बनाउँने भन्दै नेकपा एमालेतिर लागेका छन् ।

केपी ‘बा’का नातिका रुपमा परिचित प्रसाई माओवादीविरूद्ध खनिँदै एमालेतिर लागेका हुन् । केपी ओलीको उपस्थितिमा उनी औपचारिक कार्यक्रममार्फत एमाले छिरेका हुन् ।

एमालेको विधान महाधिवेशनमै सहभागी भएका मेडिकल व्यवसायी प्रसाई पहिला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट थिए ।

एमाले र माओवादी मिलाउने भन्दै आफ्नै घरमा प्रचण्ड-ओलीलाई लगेर मार्सी चामलको भात खुवाएर चर्चामा आएका प्रसाई अहिले ओलीको विश्वासपात्र बनेका छन् । सार्वजनिक रुपमै उनले केपी ओली मेरो हजुरबुबा हो भन्ने गरेका छन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com