प्रहरी अस्पतालकी प्रमुख डा. सिंहले ५ लाखमा इन्जेक्सन बेचेकै हुन्?

अख्तियारले पत्र काटेपछि आईजीले छानबिन समिति बनाएको खुलासा



काठमाडौं । प्रहरी अस्पतालकी प्रमुख डा. आशा सिंहले ५ लाखमा इन्जेक्सन बेचेको आरोप लागेको छ ।

अस्पतालले ‘टोसिलिजुम्याब’ नामक इन्जेक्सनलाई अस्पतालका प्रशासन र चिकित्सको मिलेमतोमा पाँच लाखसम्म बिक्रीवितरण गरेको आरोप लागेको छ । ३३ हजार भारतीय रुपैयाँ मूल्य पर्ने इन्जेक्सन चर्को शुल्क लिएर अनियमितता गरेको आरोप लागेको हो ।

अस्पतालकी प्रमुख डा. सिंहमाथि दर्जनौं अनियमितताको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अस्पतालमा भएको अनियमितताबारे अख्तियारले जवाफ मागेपछि हतारहतार प्रहरी मुख्यालयले एआईजी विश्वराज पोखरेलको नेतृत्वमा छानबिन समिति बनाएको खुल्न आएको छ।

अख्तियारले अनियमितताको उजुरीमा प्रहरी अस्पताल प्रमुख एआईजी डा. सिंहमाथि विस्तृत छानबिन थालेपछि प्रहरीले पनि छुट्टै समिति बनाएको पाइएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ