राज्यलाई सबैभन्दा बढी कर तिर्नेमा नोबेल मेडिकल कलेज


काठमाडौं । स्वास्थ्य र शिक्षा क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने संस्था नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल भएको छ ।

आन्तरिक राजस्व विभाग स्रोतका अनुसार ०७७-०७८ मा नोबेल मेडिकल कलेजले २२ करोड आयकर तिरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा सबै संस्थालाई उछिनेको छ ।
सेवाका नाममा विभिन्न आरोप खेपेको नोबेलले सेवामार्फत कमाएको रकमको २२ करोड आयकर तिरेर नेपालका स्वास्थ्य र शिक्षा क्षेत्रका सञ्चालक पनि इमानदार छन् भन्ने नोबेलले पुष्टि गरेको विभागका अधिकारी बताउँछन् ।

विभागले हरेक वर्ष राष्ट्रिय कर दिवसको अवसरमा १ मंसिरमा उत्कृष्ट करदाता व्यक्ति र संस्थाको नाम सार्वजनिकसँगै सम्मान गर्दै आएको छ ।

अघिल्लो वर्ष शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप (नेपाल) प्रालि थियो । यस वर्ष मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप दोस्रोमा छ । उसले ७ करोड रुपैयाँ आयकर तिरेको छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com