जनता झुक्याउने स्वास्थ्य मन्त्रालयको सेवा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेवाका नाममा जनता झुक्याउने काम गरेको छ । मन्त्रालयले कोभिड – १९ पहिलो डोप खोपका लागि स्वैच्छिक आवेदन फारम भर्नका लागि दिने सेवामा स्वास्थ्यले जनतालाई झुक्याएको हो ।

मन्त्रालयले कोभिड – १९ पहिलो डोप खोपका लागि स्वैच्छिक आवेदन फारम भर्न अनलाइन सिस्टम बनाएको छ ।

स्वास्थ्यले वेबसाइट नै बनाएर एनसेलमार्फत विभिन्न माध्यममा करोडौंको विज्ञापनसमेत गरिएको देखिन्छ ।

‘कोभिड-१९ महामारीबिरुद्धको खोप लगाउनको लागि तपाईको आफ्नो विवरण यस फारममा भर्नुहोस र अरुको विवरण समेत भर्नको लागि आवश्यक भएमा सहयोग गर्नुहोस। तपाईको पुरा नाम, पुरा ठेगाना, जन्म मिति, पेशा, तपाईलाई कुनै स्वास्थ्य समस्या, शारीरिक अवस्था, इत्यादीबारे यस फारममा भर्नु पर्ने हुन्छ।’, भन्ने वेबसाइटमा उल्लेख छ ।

साथै कुनै प्राविधिक समस्या परेमा हाम्रो सपोर्ट सम्पर्क नंः 9843284352 र 015901749 मा अफिस समय १०ः०० बजेदेखि ५ः०० बजेसम्म सम्पर्क गर्न सक्नु हुने छ। वा हाम्रो इमेल : imucovidnepal@gmail.com मा आफ्नो समस्या राख्न सक्नु हुने छ भन्ने उक्त वेबसाइटमा सूचना दिइएको छ । तर मन्त्रालयको वेबसाइटमा उल्लेखित त्यो नम्बरमा तोकिएको समयमा पटकपटक सम्पर्क गर्दा फोन व्यस्त बनाएर सेवाग्राही(जनता) झुक्याउने काम गरिएको छ । बेलुका ४ बजे फोन गर्दा त्यो नम्बर बन्द (अफ) गरिएको हुन्छ भने १० बजेपछि सधै व्यस्त राखेर जनता झुक्याउने काम गरिएको हो ।

यो वेबसाइट र सेवा कहाँ कहाँबाट सञ्चालन भएको छ भन्ने कुरामा स्वास्थ्यका अधिकारीहरु नै अनभिज्ञता प्रकट गर्छन् ।

एकीकृत स्वास्थ्य सूचना प्रणालीका प्रमुख अनिल थापाले यो परिवार कल्यणा महशाखाले हेर्ने बताए । उनले यो विषपया आफूलाई थाहा नभएकाले उतै सोध्न आग्रह गरे ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल यो कसले चलाउँछ भन्ने विषयमा आफूलाई जानकारी नभएको बताउँछन् । यो विषयमा बुझेर मात्र जवाफ दिन सकिने उनको भनाइ छ । महाशाखाले मन्त्रालयले चलाएको हुनुपर्ने दाबी गर्छ । तर मन्त्रालयका अधिकारीहरू यो कुरामा अनभिज्ञता प्रकट गर्छन् ।

डब्लुएचओ अथवा कुनै आइएनजिओले डाटा दुरुपयोग गर्ने उद्देश्यले यो बनाएकोले साेही अनुसार चलेकाे अनुमान अधिकारीहरुकाे छ ।

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com