स्वास्थ्य मापदण्डलाई पालना गर्दै भाइटीका खुसियालीसाथ मनाउन प्रधानमन्त्रीको आग्रह


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै भाइटीका पर्व खुसियालीसाथ मनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री देउवाले भाइटीकाको शुभकामना दिँदै ‘अझै पनि कोभिड १९ को जोखिम कायमै रहेको र सबै नेपालीलाई पूर्ण खोप लगाइ नसकिएको हुँदा कोभिड १९ बिरुद्धको स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुसिमालीकासाथ मनाउन हार्दिक आग्रह गर्दछु ।’, भनेका छन् ।

कोभिड १९ को प्रभावलाई न्यूनीकरण गर्न सरकार निरन्तर क्रियाशील भएको हुँदा होसियारीपूर्वक यस किसिमका चाडपर्वलाई केही हदसम्म आपसी रुपमा बसेर मनाउन सक्ने भएको उनको भनाइ छ ।

सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी दाजुभाईहरुको सहयोगले कोभिड १९ बिरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल गरिएको प्रधानमन्त्री देउवाको दाबी छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com