चिलिमे सुरुङ उद्धारअघि अनुभवी प्राविधिकबाट समीक्षा गर्न सुवेदीको सुझाव


काठमाडौं । न्यू टेक्निकल वाटरप्रुफिङ एन्ड इन्फ्रा रिह्याबिलिटेसनका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद सुवेदीले चिलिमे सुरुङको उद्धार अघि अनुभवी सुरुङ विज्ञबाट प्राविधिक समीक्षा गराउन सुझाव दिएका छन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले आफैंले काम गर्नु, अरूमार्फत काम गराउनु र कामको सुपरिवेक्षण तथा अनुगमन गर्नु फरक विषय भएको उल्लेख गरेका छन्। प्रत्यक्ष रूपमा काम गर्दा प्राप्त हुने व्यावहारिक तथा प्राविधिक अनुभव सुपरिवेक्षण वा अनुगमनबाट मात्र प्राप्त हुने अनुभवसँग समान नहुने उनको भनाइ छ।

उनले उद्धार कार्यको संवेदनशीलता र जोखिमलाई ध्यानमा राख्दै सुरुङ तथा प्रस्तावित उद्धार रणनीतिबारे अनुभवी विशेषज्ञको राय लिएर मात्रै अघि बढ्नुपर्ने बताएका छन्। साथै, सुरुङ निर्माण तथा उत्खननमा लामो अनुभव भएको नेपाल टनेलिङ एसोसिएसनसँग सम्पर्क गर्न पनि उनले सुझाव दिएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ