कुँवर र खत्री एकसाथ सचिवमा बढुवा हुने
काठमाडौं। सहसचिव बिनोदबहादुर कुँवर र उत्तरकुमार खत्री एकसाथ सचिवमा बढुवा हुने भएका छन्। सचिव बढुवाका लागि सहसचिव कुँवर जेष्ठताको आधारमा एकल सिफारिसमा परेका छन्। उनी एकल सिफारिसमा परेकाले सचिवमा बढुवा हुने निश्चित छ। राष्ट्रिय समावेशी आयोगका सचिव कुँवरको जागिर १० महिना बाँकी देखिन्छ।
यता सचिव बढुवाका लागि अर्को प्रक्रियाबाट सहसचिवत्रय उत्तरकुमार खत्री, कालीप्रसाद पराजुली र रूद्रसिंह तामाङको नाम सिफारिस भएको छ। सरकारले सिफारिसमा अगाडि परेकालाई नै सचिवमा बढुवा गर्दै आएकाले एक नम्बरमा सिफारिस भएका खत्री नै सचिवमा बढुवा हुने देखिन्छ। अर्थका ‘क्याडर’ खत्री अर्थ मन्त्रालयमै कार्यरत छन्। पराजुली राष्ट्रिय महिला आयोग र तामाङ ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा कार्यरत छन्।
सरकारलाई एकै दिन फरक प्रक्रियाबाट दुई जनालाई सचिव बढुवा गर्ने बाटो खुला भएको छ। आगामी मन्त्रिपरिषद्को बैठकबाट दुई सचिव एकसाथ बढुवा हुनेछन्।
क्याटेगोरी : समाचार
ट्याग : #उत्तरकुमार खत्री, #कालीप्रसाद पराजुली, #बिनोदबहादुर कुँवर, #रुद्रसिंह तामाङ


तपाईको प्रतिक्रिया दिनुहोस