गाँजा–अफिम नष्ट होइन, औषधि बनाउन प्रयोग गरौँ: डा केसी
काठमाडौं । प्रहरीले बरामद गर्ने गाँजा, अफिमलगायतका लागूऔषध नियन्त्रणका क्रममा जलाएर वा गाडेर नष्ट गर्ने गरिएको छ। तर औषधि बनाउन सकिने यस्ता पदार्थलाई नष्ट नगरी औषधि उत्पादनमा प्रयोग गर्नुपर्ने आवाज उठेको छ।
सिंहदरबार वैद्यखानाका निर्देशक डा. प्रदीप केसीले स्वास्थ्यलाइभसँगको विशेष अन्तर्वार्तामा प्रहरीले बरामद गर्ने गाँजा र अफिममध्ये औषधि उत्पादनमा प्रयोग गर्न मिल्ने पदार्थ कानुनी प्रक्रिया पूरा गरी औषधि उत्पादन गर्ने संस्थालाई उपलब्ध गराउनुपर्ने बताएका छन्।
उनका अनुसार यस्ता पदार्थलाई नष्ट गर्नुको सट्टा औषधि उत्पादनमा उपयोग गर्न सके स्वदेशमै औषधि निर्माणलाई समेत सहयोग पुग्न सक्छ।
क्याटेगोरी : Videos, सार्वजनिक सरोकारट्याग : #डा प्रदिप केसी


तपाईको प्रतिक्रिया दिनुहोस