आफ्नो कार्यकालमा अनियमितता रोक्ने प्रयास गर्छु: मन्त्री खतिवडा


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफ्नो कार्यकालमा अनियमितता रोक्ने प्रयास गर्ने बाचा गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्वोधन गर्दै मन्त्री खतिवडाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहदा सम्म अनियमितता भएको सुन्न नपाउने हिसावले काम गर्ने बताए ।

स्वास्थ्य मन्त्री खतिवडाले स्वास्थ्यकर्मीको भेलाबाट प्राप्त सुझाव र निष्कर्षलाई गम्भिरता पुर्वक लिइ स्वास्थ्य क्षेत्र सुधारका लागि कदम चाल्ने आश्वासन दिए । त्यस्तै स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले राम्रो काम गर्न प्रयास गर्ने र राम्रो गर्न नसके पनि नराम्रो नगर्ने प्रतिवद्धता जनाए ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com