राष्ट्रिय जनगणनाको प्रमाणपत्रमा लेखेको त्रृटि सच्याइयो


काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणनाको अनुभव प्रमाणपत्रमा लेखेको त्रृटि सच्याएको छ ।

स्वास्थ्य लाइभले गणक र सुपरीवेक्षकलाई प्रदान गरेको अनुभव प्रमाणपत्रमा अंग्रेजी भाषामा लेखिएको शब्दको हिज्जेमा त्रृटि औंल्याएपछि विभागले त्यसलाई सच्याएर नयाँ छापेको  हो ।

सच्चिएको अनुभव प्रमाणपत्र

अनुभव प्रमाणपत्रमा अनुभवलाई अंग्रेजीमा experience लेख्दा र सफलतापूर्वकलाई successfully लेख्दा शब्दको गलत हिज्जे प्रयोग गरिएको फेला परेको थियो ।

प्रमाणपत्रमा experience लाई exeprience र successfully लाई sucessfully हिज्जे उल्लेख गरिएको थियो । अहिलो त्यो त्रृटिलाई सच्याइएको छ ।

त्रृटि हिज्जे लेखिएको अनुभव प्रमाणपत्र

८ हजार बढी सुपरीवेक्षक, ४० हजार बढी गणकसहित झन्डै ५० हजार प्रति अनुभव प्रमाणपत्रमा यस्तो त्रृटि रहेको थियो । विभागले ध्यान नपुर्‍याउँदा यी प्रमाणपत्र खेर जाने भएका छन् ।

यो जनगणनामा गणक र सुपरीवेक्षकले केन्द्रीय तथ्याङ्क विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा मातृ मृत्युदरसमेत पत्ता लगाउने काम गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com