मणिपालमा डाक्टर ठग्ने भारतीय नागरिक विरुमुथु थुनिए


काठमाडौं । पोखरास्थित मणिपाल कलेज एवं शिक्षण अस्पतालको नाममा डाक्टर ठग्ने भारतीय नागरिक शिवम विरुमुथु थुनिएका छन् ।
डाक्टरलाई मणिपालको शेयर मिलाईदिने भन्दै ५० लाख रुपैयाँ भन्दा बढी ठगी गर्ने भारतीय नागरिक विरुमुथुलाई पुर्पक्षका लागि थुनामा राखिएको हो । प्रहरीकाअनुसार मणिपालको साझेदारी मिलाइदिने भन्दै डाक्टरबाट ५० लाख ठगी गरेका थिए ।

विरुमुथुले रेडक्रसको अन्तर्राष्ट्रिय कमिटिको निर्देशक भएको भन्दै अस्पतालमा साझेदारी मिलाउने नाममा पैसा उठाएर ठगी गरेका हुन् । विरुमुथुले मणिपालको नक्कली कागजात बनाएर शेयर खरिद गर्न लागेको भन्दै अन्य विभिन्न व्यक्तिसँग पनि पैसा उठाएर ठगी गरेको प्रहरीको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com